यस्तो छ वंश परम्परा धान्ने कोइराला परिवारको नालीबेली - पलपलको समाचार

पलपलको समाचार

पलपलको समाचार

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, December 19, 2017

यस्तो छ वंश परम्परा धान्ने कोइराला परिवारको नालीबेली

५ पुस, काठमाडौं । सात दशकभन्दा लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा नेतृत्वको संकट चुलिएको छ । पार्टीभित्र एकातिर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ भने अर्कोतिर देउवाको उत्तराधिकारी को हुने भन्ने प्रश्नको जवाफ कसैसँग छैन ।
कांग्रेसमा दुई तरिकाबाट नेतृत्व तय हुने गरेको छ, वंश परम्परा र वरिष्ठता । लामो समयसम्म कांग्रेसमा कोइराला वंश नेतृत्वमा रह्यो ।
कोइराला परिवारबाट विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए । यो सबै जोड्दा कोइरालाहरुले ४९ वर्ष कांग्रेसको नेतृत्व गरे ।
सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र देउवाले वरिष्ठताका आधारमा नेतृत्व गरे । सुवर्णसमशेरले दुई र कृष्णप्रसाद भट्टराईले २० वर्ष कांग्रेसको नेतृत्व गरे । भट्टराईले १९ वर्ष कार्यवाहक सभापति भएर पार्टी हाँके ।
सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाले तोडेको कोइरालाको विरासत फेरि फर्किएला कि नफर्किएला ? कांग्रेसभित्र यसबारे बहस हुँदै आएको छ ।
इतिहासमै शर्मनाक चुनावी हार बेहोर्दै गर्दा वरिष्ठताका आधारमा आएको हालको नेतृत्वमाथि प्रश्नचिन्ह खडा भएको छ । र, धेरै नेता/कार्यकर्ताको नजर फेरि कोइराला वंश परम्परातिर सोझिन थालेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages