आईसीसीलाई क्यानले जवाफ पठाउँदै, टर्ला त सदस्यता खारेजको खतरा ? - पलपलको समाचार

पलपलको समाचार

पलपलको समाचार

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, December 19, 2017

आईसीसीलाई क्यानले जवाफ पठाउँदै, टर्ला त सदस्यता खारेजको खतरा ?


आईसीसीले पत्र लेखेर क्यान पुनर्वहालीका लागि सन्तोषजनक कारण बुझाउन २२ डिसेम्बरसम्मको समय दिएको थियो । निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आज आईसीसीलाई जवाफ पठाउन लागेको स्वीकार गरे ।
६ भदौमा क्यानले विशेष साधारणसभा बोलाएर सल्लाहकार समूहले बनाएको नयाँ विधान अनुमोदन गरेको थियो । तर, सल्लाहकार समूहमा सहमति नभएका केही विषय आफू अनुकुल संशोधन गरेेपछि विवाद देखिएएको छ ।
यो विधान राखेपले अनुमोदन गरेर आईसीसीमा पुगिसकेको छ । त्यसपछि आईसीसीले निर्वाचित क्यानलाई पत्र पठाएर निलम्बन फुकुवाका सर्तहरुमा खासै प्रगति नभएको बताए ।
साथै फेब्रुअरीमा बस्ने अर्को बैठकले क्यानको सदस्यता खारेज गर्न सक्ने चेतावनी दिइएको थियो ।
निर्वाचित क्यानले भने नयाँ विधानलाई नै प्रस्थान विन्दु मानेर सल्लाहकार समूहले काम गरेको र साधारणसभाबाट पास भएको विधानमा केही नमिलेका भए आपसी छलफलबाट मिलाउन सकिने जवाफसहित पत्र पठाउन लागेको छ ।
महासचिव प्याकुरेलले भने, ‘मेम्बरसिप क्राइटेरियाको सन्दर्भमा हामीले नयाँ सदस्यता लिन खोजेको होइन, निलम्बनमा परेका मात्र हौं । निलम्बनको २ वर्षमा हुन नसकेको प्रशासनिक लगायतका काम फुकुवा हुनासाथ हुन्छ भनेका छौं ।’
आईसीसीले गत वर्ष बैशाख १३ मा नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages